भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु

भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताउनुभयो । राजधानी बाहिरको सुविधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि बढेको भन्दै उहाँले सङ्घीय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी बढी भएको बताउनुभयो ।

निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा तिवारीले मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले साधारण सेवाबाट शुरु गर्छाैं, पछि विशिष्ट सेवा दिन्छौं ।”

हाल शल्यक्रिया बाहेक सबै सेवा उपलब्ध हुने उहाँले बताउनुभयो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विभागमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्राविधिक समूह रहेको छ ।

पौडेलले अस्पतालको १३आँैं विभागको रुपमा आँखा विभाग स्थापना भएको बताउनुभयो । यस अस्पतालमा चितवनसहित आसपासका १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ठ अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिने गरिन्छ ।

Total
1
Shares
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts
Read More

बाइडेनको सपथमा कविता भनेर चर्चामा आएकी २२ वर्षीया कवि

बुधबार जो बाइडेनले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिएका छन्। संसद भवनमा भएको उनको सपथमा पूर्वराष्ट्रपतिलगायत…
Read More

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको खोप

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप…
Read More

बैतडीमा १६ वर्षीया किशोरी आफन्तबाटै बलात्कारमा परे

जिल्लाको सिगास गाउँपालिकामा १६ वर्षीया किशोरी काका र हजुरबुबा नाता पर्नेबाट बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला…