प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिननै माग भन्दा बढी आबेदन

प्रभु लाइफ इन्स्योरेन्स (PLIL) को आईपीओमा पहिलो दिननै माग भन्दा बढी आबेदन परेको छ । आज  बिक्री खुल्ला भएकाे पहिलाे दिनमै कम्पनीको आईपीओमा १.६० गुणा बढी आबेदन परेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार ४ः४० बजेसम्ममा २ लाख ७६ हजार आबेदनबाट ८६ लाख ३२ हजार कित्ता अर्थात ८६ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर माग भएको हो ।

यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको १.६० गुणा बढी हो ।

कम्पनीले आज सोमबार देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको छ । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको हो ।

कम्पनीको आइपीओमा छिटोमा पुस २ गतेसम्म र त्यस अवधीमा पर्याप्त आवेदन नपेरमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउछ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

Total
9
Shares
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts
Read More

नेपालको अहिलेसम्मकै ठूलो आईपीओका लागि आवेदन आजबाट खुले

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्काशन (आईपीओ) आजबाट बिक्री सुरु गरेको…