परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज भेटवार्ता

भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज भेटवार्ता हुँदैछ ।​

उहाँहरुबीच बिहान ११ बजे छलफल हुने र त्यसपछि हैदराबाद हाउसमा संयुक्त आयोगको बैठक बस्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय साझेदारीका विषयमा विशेष छलफल हुने भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बैठकमा ईपीजी प्रतिवेदन ग्रहणलगायत कोरोनाविरुद्धको खोप, उर्जा, केनेक्टिभिटीलगायत ४० भन्दा धेरै विषयमा छलफल हुनेछ । सीमा विवादको विषयमा भने छलफल हुन्छ या हुँदैन भन्नेबारे खुलाइएको छैन । 

बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भ्रमणका क्रममा हिजो बिहान भारत जानुभएको हो । हिजो पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकमा छलफल गर्ने विषयसूची तय गरेका थिए ।

औपचारिक रूपमा आमनेसामने बसेर बैठक सुरु नभए पनि बैठकमा हुने छलफलका विषयलाई त्यसको गम्भीरताका आधारमा तहगतरूपमा व्यवस्थित गर्ने काम भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयमा रहेकाे भारत–नेपाल सम्बन्ध डेस्कका प्रमुख यज्ञबहादुर हमालसहित सरकारका उच्चाधिकारी नेपाली प्रतिनिधिमण्डलमा हुनुहुन्छ । भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नुहुनेछ । 

उहाँ भोलि बेलुकी स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

Total
1
Shares
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts
Read More

बाइडेनको सपथमा कविता भनेर चर्चामा आएकी २२ वर्षीया कवि

बुधबार जो बाइडेनले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिएका छन्। संसद भवनमा भएको उनको सपथमा पूर्वराष्ट्रपतिलगायत…
Read More

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको खोप

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप…
Read More

अर्थमन्त्री पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै व्यवसायीलाई आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै आश्वास्त हुन पर्यटन क्षेत्रका व्यवसायीलाई…