नेपालको अहिलेसम्मकै ठूलो आईपीओका लागि आवेदन आजबाट खुले

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्काशन (आईपीओ) आजबाट बिक्री सुरु गरेको हो ।

जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो ।

क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिन्छ ।

सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् ।

कति कित्ता पर्ला ?

पछिल्लो समय सेयरमा मानिसहरुको आकर्षण बढेको छ । आईपीओहरुमा खालि हात पर्ने अवस्था पनि बन्ने गरेको छ तर यो सेयरमा भने खालीहात बन्ने अवस्था नरहेको जनाइएको छ । बैंकको आईपीओ हालसम्मकै ठूलो हो ।

हाल नेपालमा २४ लाख डिम्याट खाता खुलेका छन् । सबैले आवेदन दिएको खण्डमा एक आवेदकलाई ३० कित्ता भाग पर्छ ।

तर, सबैभन्दा पछि खुलेको चन्द्रागिरि हिल्सको आईपीओमा साढे १२ लाखले आवेदन दिएको र त्यसभन्दा केही बढी अर्थात् १५ लाखले आवेदन दिने हिसाब गर्दा सबैलाई न्युनतम ५० कित्ता दिइने अनुमान लगाइएको छ । यसहिसाबमा तपाईले आइपीओ भर्न सक्नुहुन्छ ।

Total
0
Shares
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts