धमाधम लाभांश पारित गर्दै बैंकहरु, कुन बैंकले कति प्रतिशत घोषणा गरे ?

बिहीबार मुलुककै जेठो बैंक नेपाल बैंक र निजी क्षेत्रको लगानीको मेगा बैंकले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश दिने घोषणा गरे । जसमा नेपाल बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १६ प्रतिशत दिने निर्णय गरेको छ ।

उता मेगा बैंकले पनि बिहीबार नै १० प्रतिशत बोनस शेयर र कर सहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यि दुइ बैंकसहित हालसम्म २७ वाणिज्य बैंक मध्ये २० बैंकले लाभांश घोषणा गरिसकेका छन् ।

अन्य बैंकहरु पनि लाभांश घोषणाको तयारीमा जुटेका छन् । हालसम्म लाभांश घोषणा गर्ने बैंकहरु मध्ये सबैभन्दा धेरै घोषण गर्नेमा हिमालयन बैंक र एनआइशी एशिया बैंक देखिएका छन् । सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सेञ्चुरी कमर्शीयल बैंक देखिएको छ ।

हिमालयन बैंकले ६ प्रतिशत नगद लभांश र १४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । उता एनआइशी एशियाले भने १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यद्यपि, आकर्षक बोनस दिने नविल बैंक लगायतका आधा दर्जन बैंकहरुले लाभांश घोषणा गर्न अझै बाँकी रहेको छ ।

कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनले घोषण गरेको लाभांश साधारणसभाबाट पारित समेत गराइसकेको छ । अन्य बैंकहरुले भने सभाबाट पारित गराउन बाँकी छ ।

हेरौं कुन बैंकले कति दिदैछन् लाभांश ?

Total
3
Shares
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts
Read More

बाइडेनको सपथमा कविता भनेर चर्चामा आएकी २२ वर्षीया कवि

बुधबार जो बाइडेनले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिएका छन्। संसद भवनमा भएको उनको सपथमा पूर्वराष्ट्रपतिलगायत…
Read More

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको खोप

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप…
Read More

अर्थमन्त्री पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै व्यवसायीलाई आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै आश्वास्त हुन पर्यटन क्षेत्रका व्यवसायीलाई…