काठमाडौं। हिजो एकै दिन प्रतितोला ८०० रूपैयाँले बढेको सुनको भाउ आज स्थिर बसेको छ। नेपाल सुनचाँदी व्यवसयाी महासंघले आज हिजोकै भाउमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो।
आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० रूपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य आज पनि ९२ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ। चााँदीको भाउ आज प्रतितोला एक हजार २३० रूपैयाँ छ।